नेकपा एसको सचिवालय बैठक मंगलबार पुनः बस्ने

२०८२ असार २२ आईतवार
सारांश
  • पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा उठेका विचार र सुझावहरूलाई समेटेर निष्कर्षमा पु‍र्याउन मंगलबार २४ गते बिहान ११ बजेका लागि अर्को बैठक तय गरिएको बताए ।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक मंगलबार पुनः बस्नेगरि स्थगित भएको छ ।


पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा उठेका विचार र सुझावहरूलाई समेटेर निष्कर्षमा पु‍र्याउन मंगलबार २४ गते बिहान ११ बजेका लागि अर्को बैठक तय गरिएको बताए ।


उनले भने, ‘आगामी कार्यक्रमहरु कसरी लौजाने भन्ने विषयमा पनि बैठकमा छलफल भयो । र बैठकमा बोलेका कुराहरुलाई निश्कर्षमा पुर्याउनका लागि र बैठक सक्ने गरि २४ गते ११ बजेका लागि बैठक तय भएको छ । २४ गते ११ बजे बस्ने बैठकले नेताहरुको समग्र धारणाहरुलाई सुझावहरुलाई समेटेर निश्कर्ष निकाल्ने छ । ति निश्कर्षका आधारमा पार्टीले आवश्यक निर्णयहरु गर्नेछ ।’


बैठकमा नेताहरूका धारणा राख्ने प्रक्रिया आइतबार सम्पन्न भएको छ । सम्मानित नेता झलनाथ खनालसहित विभिन्न वरिष्ठ नेताहरूले बैठकमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।


बैठकमा आगामी पार्टीका कार्यक्रमहरू कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको ज्वालाले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार